गुल्मी, बैशाख ९ः आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका युवा नेता महेन्द्र प्रसाद भण्डारी सर्वसम्मत चयन भएका छन् ।
२०३६ सालमा तत्कालिन विद्यार्थी नेता सुनिल श्रेष्ठको हातबाट सदस्यता लिएर लोकतान्त्रिक धारको राजनीतिमा होमिएका भण्डारी अहिलेसम्म सकृय छन् ।
२०४२ सालमा नेविसंघ गुल्मीको सदस्यमा रहेका उनी २०५० सालमा रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । २०५२ सालमा भएको नेविसंघको सातौं महाधिवेशनमा सभापति बनेका भण्डारी २०५८ सालमा केन्द्रीय उपाध्यक्ष बनेका थिए ।
नेपाली कांग्रेसको दशौं महाधिवेशन देखि चौधौंसम्म उनी अनवरत महाधिवेशनमा निर्वाचित भएका थिए ।
नेपाल रेडक्रस सोसाइटी देखि विभिन्न सामाजिक संघ संस्था मार्फत समाजसेवामा होमिएका भण्डारी त्यस भेगमा चर्चित छन् । जसरी यस अघिको नेतृत्वले धुर्कोटलाई देश विदेशमा चिनायो आफूले पनि कमी हुन नदिने र विकासलाई अझ बढी तिब्रता दिने कुरा अध्यक्ष पदका प्रत्याशी भण्डारीले बताए ।