गुल्मीमा पूर्व उपसभापति सहित ३५ परिवार कांग्रेसमा प्रवेश

| 2022 Apr 04 | 04:13 pm 3737

गुल्मी चैत २१: जिल्ला विकास समिति गुल्मीका पूर्व उपसभापति पूर्ण बहादुर खत्री सहित ३५ जना राप्रपा र नेकपा माओबादि केन्द्रका गाँउ स्तरीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य चन्द्र भण्डारीको उपस्थितिमा प्रवेश कार्यक्रम भएको हो। यसरी प्रवेश गर्नेहरुमा साविक जुनियाका र हाल सत्यवती गाउपलिकाका पूर्व गाविस अध्यक्ष मिन बहादुर खत्री , खत्री समाजका अध्यक्ष ज्ञान बहादुर खत्री , खडक बहादुर खत्री ,पद्म बहादुर खत्री ,धन बहादुर खत्री ,मान बहादुर खत्री, टोप बहादुर खत्री , तारा बहादुर खत्री ,टेक नारायण भण्डारी ,टंक सुनार लगाएतका व्यक्तिहरु रहेका छन्।

स्मरण रहोस पूर्व जिविस उपसभापति खत्री २०४६ सालमा समेत जिल्ला पंचायत गुल्मीको उपसभापति रहेका र राजनीतिमा लामो समयदेखि सक्रिय ब्यक्ति हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.