गाईसहित मिनीट्रक र चालक नियन्त्रणमा

रिपोर्ट नेपाल | 2019 Sep 06 | 05:16 pm 31

डडेल्धुरा, भदौ २० : डडेल्धुरा जिल्लाबाट अवैधरुपमा तस्करी गर्न लागिएको १४ गाईसहितको मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ र अमरगढी नगरपालिकाबाट अवैधरुपमा तस्करी गरी मुगु पु¥याउन लागिएका सयौँ सङ्ख्याका गाईमध्ये १४ गाईसहितको से १ क ३०८ नम्बरको मिनीट्रक र त्यसका चालक प्रकाश थापा तथा सुरेन्द्र चन्दलाई उक्त नगरपालिका–५ स्थित तुफानडाँडाबाट प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहरा नेतृत्वको टोलीले नियन्त्रमा लिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

गाई कुन नियतले लैजान खोजेका हुन भन्नेबारे अनुसन्धान भइरहेको र जुन ठाउँबाट गाई ल्याइएको हो ती ठाउँका व्यक्तिलाई जिम्मा लगाउन प्रहरी र स्थानीय जनप्रतिनिधिलाई निर्देशन गरिसकिएको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.