गलबन्दीमा शम्भु राईकै गीतको सङ्गीत भएको नव सांस्कृतिक केन्द्रकाे ठहर

रिपोर्ट नेपाल | 2019 Jun 24 | 03:21 pm 75

काठमाडाैं, असार ९ :  हाल चर्चामा रहेको प्रकाश सपुतको लोकप्रिय गीत ‘गलबन्दी’ मा शम्भु राईको ‘आउँ नाचौँ साथी हो कम्मर कसेर’ गीतको सङ्गीत भएको किराती नव सांस्कृतिक केन्द्रले ठहर गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै किराती नव सांस्कृतिक केन्द्रले शम्भु राईको ‘आउँ नाचौँ साथी हो कम्मर कसेर’ गीतको सङ्गीतसँग लय भाका हुबहु भएको जनाएको छ ।

अध्यक्ष राकेश किरातीद्वारा जारी विज्ञप्तिमा चलाखीपूर्ण ढङ्गले प्रकाश सपुतले चलाखि पूर्वक नमिलाइएको बाहेक अरू सबै हुबहु भएको ठहर गरेको छ ।

कला क्षेत्रमा चोरी चाकरीका कारण सृजनाहरू ऋपमान र असुरक्षित भएको भन्दै चर्चित हुने प्रवृत्रि र लोभ लालचले सृजनशीलता नै शून्य हुने खतरा बढेकोतर्फ सचेत गराइएको छ । शम्भु राईलाई क्षतिपूर्ति सहित न्याय प्रदान गर्न माग समेत गरिएको छ ।

यसअघि गलबन्दी च्यातियो बोलको गीतका सङ्गीतकार प्रकाश सपूतले लय भाका संयोगले मिल्न गएको स्विकारिसकेका छन् । उनले नियतवश नभई संयोगले मात्र भएको दाबी गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.