गलकोट समाज युकेद्वारा बाेबाङ स्वास्थ्य चौकीको लागी ९ लाख सहयोग

| 2021 Apr 06 | 11:40 am 145

  • कौरव खत्री

बागलुङ, चैत २४ः बाढीका कारण क्षतिग्रस्त बोबाङ स्वास्थ्य चौकीको जग्गा व्यवस्थापनको लागि गलकोट समाज युकेको नेतृत्वमा युकेमा संकलित रकम आइतवार हस्तान्तरण गरिएको छ ।

गलकोट समाज युकेका अध्यक्ष राज कडेंलले सहयोगमा रकम ढोरपाटन नगरपालिका वडा नम्वरर ९ का वडा अध्यक्ष हरि बहादुर घर्तीमगरलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण कार्यक्रमको अवसरमा बोल्दै गलकोट समाज युकेका अध्यक्ष राजु कडेंलले नेपाललाई जन्मथलो बनाएर विदेशमा दुःख गरिरहेका गलकोटबासी तथा नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले आफुले कमाएको केही अंश रकम छुट्टाएर प्राकृतिक बिपत्तिका कारण क्षतिगस्त क्षेत्रमा स्वास्थ्य सस्थाको जग्गा ब्यबस्थापनको लागि सहयोग गरेको बताऐ ।

साथै अध्यक्ष कंडेलले गत भाद्र १७ गते भुजिँखोलामा आएको बाढीका कारण जनधनको क्षति भएको अवस्थालाई सामान्य भएपनि राहत दिने लक्ष्य अनुसार युकेमा सहयोग अभियान संचालन गरिएको बताउदै, सहयोग गर्ने सबै नेपाली सहयोगी मनप्रति आभार समेत व्यक्त गरेका थिए । उनले भने, सामान्य स्वास्थ्य उपचारको लागि बुर्तिबाङसम्म जान नसक्ने अबस्थालाई मध्येनजरगरी सहयोग गरिएको बताए ।

त्यस्तै कार्यक्रमको अवसरमा गलकोट समाज युकेका सल्लाहकार तेजेन्द्र बहादुर बुढाथोकी, गलकोट समाज युकेमार्फत सहयोग गर्ने गलकोटवासी र नेपाली दाजुभाई दिदिबहिनीहरुको चाहाना अनुसार सहयोग रकमलाई पारदर्शी तथा प्रभाबकारी रुपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

साविक बोबाङ गाँउ विकास समितिका अध्यक्ष शेरमान घर्तीमगरले सहयोग रकम अनुसार प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य उपचारको लागि सहज हुने गरी जग्गा ब्यबस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ढोरपाटन नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष हरि घर्तिमगरले गलकोट समाज युकेलाई धन्यवाद दिदै गलकोटबाट विदेशमा रहेर पनि जन्मभूमिमा भएको प्राकृतिक बिपत्तीको समयमा विदेशमा रहनुभएका नेपालीहरुले गर्नुभएको सहयोग प्रति आभार व्यक्त गदैं आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताऐ । उनले प्रवासी नेपालिको सहयोगलाई उनको उद्देश्य अनुसार स्वास्थ्य चौकीको जग्गा व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष हरी बहादुर घर्ती मगरको अध्यक्षता तथा पत्रकार कौरव खत्रीको संचालनम सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.