गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका शाही पक्राउ

| 2022 Apr 28 | 04:48 pm 477

काठमाडौं, बैशाख १५ः गर्भवती महिलालाई विभिन्न डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरी फरार रहेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङगा बस्ने कैलाली लम्कीचुहा नगरपालिका-२ मोतिपुर ठेगाना भएका ३५ वर्षीय सागर शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गत चैत ८ गते नागढुंगास्थित आफ्नै घरभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार भएका शाहीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागढुंगाबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थानकोट काठमाडौं पठाइएको बताइएकाे छ ।

जबरजस्ती करणी गरेको अभियोगमा  २ जना पक्राउ

रूकुम पूर्व, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुथाउत्तरगंगा गाउँपालिका-१ मैकोट बस्ने २९ वर्षीय तिर्थफल परियार र सोही ठाउँ बस्ने ३० वर्षीय हिन्दुल परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती किशोरीलाई सोही गाउँपालिकास्थित स्याना पातल जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुकामबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.