काठमाडौं, बैशाख ५ः सरकारले छानबिनका लागि समिति गठन गरेपछि निलम्बनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । उनको रिटको प्रारम्भिक सुनुवाइ मंगलबारलाई तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
सरकारले अधिकारीका विषयमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा समिति बनाएको छ । सरकारले नेपाल राष्ट्र बैंक ऐनअनुसार छानबिन समिति बनाएपछि उनी निलम्बनमा परेका थिए । सरकारले आफूमाथि कुनै गल्ती वा अनियमतितामा छानबिनका लागि समिति निर्माण नगरी प्रतिशोधका लागि मात्र बनाएको दाबी उनको रिटमा गरिएको छ । राजधानी दैनिकबाट