गठबन्धन मिलेर चुनावमा जाने गृहमन्त्री खाँणको भनाइ

| 2022 Apr 08 | 07:03 pm 1209

गुल्मी चैत २५ : गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन मिलेर चुनावमा जाने बताएका छन्। गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा चौथो गुल्मी महोत्सवलाई शुक्रबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले गठबन्धन नै मिलेर चुनावमा जाने बताएका हुन् । गृहमन्त्री खाँणले स्थानीय निर्वाचनले जनतालाई शक्तिशाली बनाउने भन्दै सबै दललाई निर्वाचनमा भाग लिन आग्रह गरेका थिए ।

वृहत् शान्ती सम्झौता भएर मुलुक अगाडी बढिरहेको समय समयमा दलहरु बिचमा एकता हुदैँ यो बर्तमान सरकार गठबन्धन भई नागरिक शान्ति,सुरक्षा र नेपालको अर्थतन्त्रलाई समेत टेवा पुग्ने गृहमन्त्री खाँडको दावी थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुने र सरकारले सम्पूर्ण शक्तिलाई प्रयोग गर्ने गृहमन्त्री खाँणले बताए । पहिलो कार्यकालमा योगदान पुर्याउने जनप्रतिनिधिलाई धन्यवाद दिँदै नयाँ आउने जनप्रतिनिधिलाई उत्साहपूर्वक काम गर्ने वातारण बनाउनु पर्ने दायित्व सबैको भएको गृहमन्त्री खाँणको भनाइ रहेको थियो ।

आफ्नो उद्घाटन मन्तव्य राख्दै उद्योगी व्यवसायीलाई सुरक्षा दिने कर्तव्य राज्यको रहेको बताएका थिए । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आजबाट सुरु भएको महोत्सव वैशाख ४ गतेसम्म चल्ने छ । महोत्सबलाई रमणीय बनाउनका लागि राष्ट्रिय स्तरका कलाकारहरुले मनोरंजन प्रदान गर्ने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.