खैरो हिरोइनसहित कञ्चनपुरमा तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 13 | 09:22 am 193

कञ्चनपुर, पुस २९ः प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी दशरथ नगरपालिका–४ घर भई हाल भीमदत्त नगरपालिका– १८ बस्ने २५ वर्षीय नरेश दमाई, बेदकोट नगरपालिका–९ का ३० वर्षीय भीमबहादुर विष्ट र २७ वर्षीय हिक्मत विष्ट रहेका छन् ।

उनीहरूलाई  विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान (आरआइटी) बाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ बाट एक र बेदकोट नगरपालिका–९ बाट दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ परेका दमाईको साथबाट १४ ग्राम ४२० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.