खुम्चियो दसैं अर्थतन्त्र

| 2020 Oct 15 | 08:57 am 45

काठमाडौं, असाेज २९: राष्ट्रिय उपभोगको २० प्रतिशत उपभोग दसैंतिहारमा हुने गर्छ। उपभोग्य वस्तुको व्यापक प्रयोग गरिने भएकाले दसैंतिहार अवधिमा अर्थतन्त्र पनि उपभोगमै आधारित हुन्छ।

आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार चालू आर्थिक वर्ष नेपालको वार्षिक उपभोग ३० खर्ब ८५ अर्ब रुपैयाँ हुने अनुमान छ। यसअनुसार दसैंतिहारमा ६ खर्ब १७ अर्ब रुपैयाँको उपभोग हुनुपर्ने हो। तर, आर्थिक सर्वेक्षण तयार गर्दा र अहिले परिस्थिति फरक भएकाले उपभोग अझै घट्ने अनुमान छ। गत आर्थिक वर्ष दसैंतिहारमा उपभोग ५ खर्ब ६० रुपैयाँ थियो।

माग र आपूर्तिको सन्तुलन खलबलिएकाले यसपालि दसैंतिहारमा उपभोग ५० प्रतिशतसम्म घट्न सक्ने अर्थविद् केशव आचार्य बताउँछन्। उनको भनाइलाई आधार लिने हो भने दसैंतिहारमा उपभोग ३ खर्बमा सीमित रहने अनुमान गर्न सकिन्छ। पोहोरपरार जसरी खर्च गर्न सक्ने क्षमता छैन, आचार्य भन्छन्, उद्योगव्यवसायमा नाफा खुम्चिएको छ। कतिपय कामदारले तलब र ज्यालासमेत पाएका छैनन्। यस्तोमा खर्च गर्ने अवस्था आएन।

सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन र  निषेधाज्ञा लगाएको थियो। यसले आर्थिक क्रियाकलाप संकुचनमा पर्‍यो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.