खुकुरी प्रहार गरी उदयपुरमा एक महिलाकाे हत्या

रिपोर्ट नेपाल | 2020 Sep 12 | 06:06 pm 873

उदयपुर, भदाै २७ः जिल्लाको कटारी नगरपालिका ११ मा  एक महिलामाथि खुकुरी प्रहार गरी हत्या भएको छ । हत्या हुनेमा स्थानीय ५० वर्षीया डोरकुमारी राउत रहेकी छन् । उनकाे हत्या छिमेकी २५ वर्षीय विनोद भनिने रोशन राना मगरले खुकुरी प्रहार गरी गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रहरीका अनुसार मगरले उनीसँग वादविवाद गरी आगनमा लछारपछार पारेको र गोठमा लगेर खुकुरीले महिलाको शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको जनाइएको छ ।

हत्या गरी मगर फरार भएको र प्रहरीले खेजतलास गरी घटनाको दुईघण्टा भित्रमै हत्यारालाई पक्राउ गर्न प्रहरी सफल भएको प्रहरीले जानकारी दिएकाे छ ।

हत्या गर्ने बेलामा मृतककी बुहारी उर्मीला राउत मात्र रहेको र उनले गाउँलेहरुलाई हार गुहार माग्दामाग्दै हत्या गरेर हत्यारा फरार भएको उनले बताइन् ।

घटनाको खबर लगत्तै प्रहरी उपरिक्षकको नेतृत्वमा खटिएको टोलीले खोजतलास गरी हत्यारा पक्राउ गरेको हो । पक्राउ गरी मगरलाई कारवाहीका लागि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.