खुकुरी प्रहारबाट तीन जना घाइते

रिपोर्ट नेपाल | 2019 Aug 13 | 01:38 pm 35

अर्घाखाँची, साउन २८: साेमबार राति भुमिकास्थान नगरपालिका-६ खमारीबासमा एक जनाले खुकुरी प्रहार गरी तीन जनालाई घाइते बनाएका छन् । स्थानीय युवा २७ वर्षीय चिरन घर्तीले ससुराली पुगेर तीन जना माथि खुकरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट १८ वर्षीया श्रीमती गीता घर्ती, ४३ वर्षीया सासू भुमकला क्षेत्री र ११ वर्षीय सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए।

घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको बताइएकाे छ । बुटबलमा पनि उपचार हुन नसकेपछि तीनैजनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले जानकारी दिए ।

खुकुरी प्रहार गरि फरार रहेका चिरनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.