अक्सिजन प्लान्टमा भएको विष्फोटमा थप एकको मृत्यु

| 2022 Apr 21 | 05:10 pm 269

ललितपुर, बैशाख ८ः पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा भएको विष्फोटमा घाइते भएका थप एकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतीय नागरिक २५ वर्षीय राजकुमार महतो रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको थियो।

उक्त विष्फोट हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.