क्वारेन्टिनका सुरक्षा गार्डले आफ्नै शरीरमा आगो लगाई आत्मदाह

| 2020 Aug 04 | 11:54 am 151

रुपन्देही, साउन २०ः देवदहस्थित क्वारेन्टिनमा खटीएका एक सुरक्षा गार्डले आफ्नै शरीरमा मट्टीतेल खन्याएर आगो लगाई आत्मदाह गरेका छन् ।

मंगलबार बिहान देवदह–५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन् ।

आगोले जलेर गम्भीर घाइते भएका उनलाई पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न भने सकेको छैन ।

यस घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.