क्लिप सार्वजनिकपछि किन कार्डीलाई गाली ?

रिपोर्ट नेपाल | 2019 Feb 22 | 08:39 am 48

काठमाडौं- र्‍यापर कार्डी बीले हालै आफ्नो इन्स्टा एकाउन्टमा एउटा भिडियो क्लिप सेयर गरिन् । जसकारण उनका फ्यान उनीदेखि रिसाएका छन् । एक करोडभन्दा बढीले हेरिसकेको सो क्लिपलाई फ्यानले अश्लील भनेर आक्रोश पोखेका छन् ।

कार्डीले प्लिज मी नामक आफ्नो नयाँ एल्बमको प्रमोसनका लागि एउटा भिडियो क्लिप खिचेर इन्स्टाग्राममा पोस्ट गरिन् । क्लिप्समा कार्डी सोफामा बसेकी छिन् । उनले जिब्रो निकाल्दै अश्लील इसारा गरेकी छिन् । उनको इसाराले यौनजन्य कार्य जनाउँछ । त्यसकारण उनका फ्यान निराश भएका हुन् ।

अधिकांश फलोअर्सले उनलाई अश्लीलता फैलाएको आरोप लगाएका छन् । कतिपयले तिमी सेलेब्रिटी मात्रै होइनौ, कसैकी आमा पनि हौ । त्यसैले यस्तो बच्चाजस्तो व्यवहार नगरसमेत भनेका छन् । सो क्लिपले आफ्नो एल्बमको प्रमोसन तीव्र गतिमा भइरहेको ठानेर कार्डीले भने फ्यानका गालीप्रति ध्यान नदिएको मिडियाहरूले उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.