क्याम्पस प्रमुखको दादागिरी परीक्षा हलबाट निकालिए नौ परीक्षार्थी

रिपोर्ट नेपाल | 2019 Aug 13 | 10:08 pm 162

  • महेश सिंह

सिरहा, साउन २८: गोलबजार नगरपालिका ६ स्थित रहेको राम प्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा भएको परीक्षामा क्याम्पस प्रमुख किशोर साहको कारणले सयौं विद्यार्थीको परीक्षा बिग्रेको छ ।

यस क्याम्पसमा सिरहा जिल्लाको जे.ए.मुरारका क्याम्पस लाहान, सल्हेश क्याम्पस लाहान, ब्रह्मचारी दामोदर कलेज मिर्चैया र सुखीपुर क्याम्पसको परीक्षा केन्द्र रहेको क्याम्पसमा बिएड, बिबिएस र बिएससी दोस्रो बर्षको मंगलबार अन्तिम परीक्षा रहेको थियो ।

विद्यार्थीहरुलाई परीक्षा हलभित्रै परीक्षा सुरुभएको केही समय पछी परीक्षामा पछपात गर्दै अनियमितता गरेर सयौं विद्यार्थीहरुलाई परीक्षाबाट निकालिएका छन्। निस्कानमा परेका विद्यार्थीहरुको रोलनम्बर २२५०२०३ मिनु कुमारी यादव, २२५०१९१ किरण कुमारी चौधरी, लगायतका ९ जना विद्यार्थीलाई निकालिएका छन् ।

किशोर साह क्याम्पस प्रमुखको लागि उपयुक्त ब्यक्ति नरहेको वर्षै पिच्छे विद्यार्थीहरुसंग यस्तो ब्यहार गरेको पाइएको छ । परीक्षा सकिन २ घन्टा समय रहदा पनि कापी नदिइएको हो । क्याम्पसमा पनि अरु कर्मचारीहरुलाई हेप्ने र दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ ।

कलेजका कुनै पनि कर्मचारी साहबाट सन्तुट नरहेको स्थानीय बासिहरुले बताएका छन् । साह एकहोरो र जिद्दी मनस्थितिको रहेको छ।

साहलाई परीक्षा अब्जरको जिम्मेवार ब्यक्ति भए पनि परीक्षामा अनियमित्ता गराएको छ । परीक्षा नियन्त्रण कार्यालयबाट साहलाई कारबाहिको जोडदार माग गरेका छन् । परीक्षा हलबाट निस्कासन भएपछि ती नौ जना विद्यार्थीहरु रुदै निस्किएका थिए ।

क्याम्पसको कोठामा झ्याल नहुँदा २३ गते हुरीबताले विद्यार्थीको परीक्षा बिग्रेका थिए । मापदण्ड नपुगेको ठाउँमा परीक्षा केन्द्र तोक्दा विद्यार्थीको भविष्यसंग खेलवाड भएको छ ।

मंगलबारको परिक्षामा विद्यार्थीहरुले कापी खोसिएपछि अनुरोध गर्दा पनि विद्यार्थीहरुलाई कापी नदिएको आफु मनमानी गरेको छ ।

प्रमुख साहका अनुसार एक पल्ट खोसेको कापी पुनः दिन नमिल्ने बताए । २३ गते हावाले पटक पटक काँपी नै उडाएपछि लेख्न नपाएको एक विद्यार्थीले संचारकर्मीसँग उक्त कुरा सुनाउदै गुनासो गरे ।

मंगलबारको परीक्षा समेत रद्द गर्न सम्बन्धि निकायसंग माग गरेका छन्। प्राईभेट कलेज पढ्न नसकेका गरिब, वर्गका विद्यार्थीहरु उक्त क्याम्पसमा अध्यन गर्ने गरेका छन् । साहको यस्तो हर्कत देखेपछि विद्यार्थीहरु समेत कलेज जान छोडेका छन्। क्याम्पस प्रमुखको कारबाहीको माग गर्दै सबै विद्यार्थी आन्दोलनमा आउने चेतावनी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.