को बन्ला तीन डिआइजी?

| 2022 Apr 07 | 05:18 pm 613

काठमाडौँ चैत २४:  नेपाल प्रहरीको रिक्त तीन प्रहरी नायव महानिरीक्षकका लागि वरिष्ठ प्रहरी उपरीक्षकहरु यतिखेर शक्तिकेन्द्र धाउन थालेका छन् । बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुकको अतिरिक्त महानिरीक्षकमा बढुवा भएपछि रिक्त रहेको तीन नायव महानिरीक्षकको रेसमा झण्डै एक दर्जन वरिष्ठ उपरीक्षक लागेका छन् ।

अहिले एक नम्बरमा बढुवा हुने नायव महानिरीक्षक भावी महानिरीक्षक बन्ने भएकोले एक नम्बरमा पर्नका लागि वरिष्ठ उपरीक्षकहरु दौड धुपमा लागेका छन् । नायव महानिरीक्षक बन्नका लागि दिपक थापा, बसन्त कुँवर, अशोक सिंह, श्याम ज्ञवाली, उमेशराज जोशी, भिम ढकाल, टेक बहादुर राई, सन्दिप भण्डारी, दुर्गा सिंह र रामदत्त जोशी लगायतका छन ।

चर्चामा रहेका र नायव महानिरीक्षक बन्ने रेसमा रहेका दिपक थापा, वसन्त कुँवर, अशोक सिंह, श्याम ज्ञवाली, भिम ढकालको नाम अलि बढी चर्चामा रहेकोले यिनै मध्येबाट नायव निरीक्षक बन्ने प्रहरीका अधिकृत बीच चर्चा परिचर्चा चल्ने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.