“कोरोना सँगै हाम्रो दिनचर्या”

रिपोर्ट नेपाल | 2020 Jun 05 | 01:36 pm 599

  • इन्दिरा पाण्डे

कोरोना जनावरबाट सर्ने एक प्रकार को भाइरस हो। जुन मानिसबाट मानिसमा सरेको पुष्टि भइसकेको छ साथै अहिले ब्यापक रूपमा फैलिरहेको यो भाईरस कोरोना समुहका अन्य भाईरसहरुसँग नमिल्ने भएकाले यसलाई २०१९ नोबेल कोरोना भाईरस अथवा कोभीड १९ नाम दिइएको छ। कोरोना भाईरस लगाएत अन्य महामारी नियन्त्रणका लागि हामीले आफ्नो आनीबानी तथा दिनचर्यामा परिवर्तन गर्नु पनि त्यतिकै आवस्यक रहेको छ। कोरोना भाईरसका कारण आहिले विश्व आक्रान्त बनेको छ। जसबाट नेपाल लगायत विश्वमा ज्यान गुमाउनेहरुको सङ्ख्या दिनदिनै बढिरहेको छ। यस महामारीलाई फैलन नदिन समयमा नै नियन्त्रण गर्नका लागि सम्बन्धित निकाय जस्तै-“सुरक्षा निकाय, स्वास्थ क्षेत्र लगायत प्रत्येक नेपाली हातेमालो गरेर अगाडी बढ्नुपर्ने आवश्यक देखिन्छ।

हामी नेपाली विभिन्न सस्कृती परम्परा भेषभुषाका दृष्टिकोणले आफैमा धनी छौं । चिनको बुहानबाट कोरोना फैलिए सँगै हाम्रो दिनचर्यामा पनि त्यतिकै मात्रामा फरकपन आएको छ। हामीले दैनिक गरिने ब्यक्तिगत सरसफाई लगाएत अन्य आनीबानीमा समेत सुधार ल्याएका छौं। यसै क्रममा साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्ने, हात नमिलाई नमस्कार गर्ने जस्ता कार्यहरू अंगालेका छौं।

हुनत हामी नेपालीले परम्परागत रूपमा नै पहिले देखि नै चलिआएका परम्परा संस्कार रीतिथिति संस्कृतिलाई पछ्याउदै आइरहेका छौं। जुन कोरोना रोगबाट बच्नका लागि वरदान सावित पनि भएका छन् जस्तै-“बिहान उठ्ने बित्तिकै नित्यकर्म सकी नुहाई धुवाई गरेर सूर्य आराधना गर्नु, धोती लगाएर चुलोमा खाना पकाउनु, नमस्कार गर्नु, मसलादार जडीबुटी रोप्नु र तिनको सेवन गर्नु, जन्म तथा मृत्यु संस्कारमा नछाेइकन छुट्टै बस्नु, घर आगन सफा राख्नु, जीवजन्तु तथा पशुपंक्षीलाई घर भित्र पस्न नदिनु, अरूको जुठो नखानु, खोक्दा कपडाले मुख छोप्नु, रुघाखोकी लाग्दा हर्रो बर्रो अमला अदुवा खानुका साथै ज्वानो बेसार नुनपानीको सुप बनाएर खानु, पेट दुखेमा टिमुर लसुन मरौती , बिरेनुन खानु, धेरै चिल्लो, पिरो तथा मसलादार खाना नखानु आदि।

यसप्रकारका क्रियाकलाप तथा आनीबानीले रोगबाट बच्नका लागि शक्ति प्रदान गर्नुका साथै आफ्नो संस्कार रीतिथिति जोगावनाका लागि पनि त्यतिकै मात्रामा सहयोग पुर्याएका छन्। अरूको देखासिकीमा लागेर वैदेशिक संस्कृतिलाई अंगाल्नुको साटो हाम्रै संस्कार रीतिथिति तथा परम्परालाई जोगाई तिनीहरूको अवलम्बन पनि गर्नु पर्दछ जसमा हाम्रो छुट्टै सान र छुट्टै पहिचान झल्किएको छ।

यसरी हामीले आफ्नो दिनचर्यालाई अगाडी बढाउन सक्यौ भने कोरोना जस्ता महामारीलाई जित्नुका साथै अर्को तिर हाम्रो जीवनशैलीलाई सोस्थ तथा मजबूत राख्न सक्दछौ। यसबाट हामी र हाम्रो परिवार, समुदायलाई सुखमय राख्न सक्नुको साथै हाम्रो संस्कृति, परम्परा पनि येथाबत कायम रहन्छ र यसले प्रत्येक नेपालीलाई गुणस्तरिय जीवन बिताउनमा समेत थप टेवा प्रदान् गर्दछ। यसप्रकारका हाम्रा दैनिक व्यवहारमा प्रयोग गरिने परम्परागत जीवनशैली हामी जुनसुकै बेला पनि अवलम्बन गर्न सक्दछौं।
( पाण्डे त्रीवि जनसंख्या शिक्षाको स्नातकोत्तर हुन्।)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.