कोरोना लागेकी विरामी भर्ना गर्न महाभारत, एसपी र सिडिओले थर्काए डाक्टर

रिपोर्ट नेपाल | 2020 Mar 30 | 03:23 pm 195

बागलुङ, चैत १७: कतार एयरवेयजको चैत्र ४ गतेको फ्लाईटवाट नेपाल आएकी बागलुङ कुँडुले ४ कि एक १७ वर्षे किशोरीको कोभीड १९ को परिक्षणमा पोजेटीभ पाईए पछि उनको गाउँ कुँडुले लगायतका आसपासको क्षेत्रमा त्राशको वातावरण सृजना भएको थियो ।

चैत्र १५ गते दिउँसो १२ बजे धौंलागिरी अञ्चल अस्पतालमा रिपोर्ट आईसके पछि किशोरीलाई काठमाडौं लगेर उपचार गर्ने कि बागलुङमा नै राखेर उपचार गर्ने भनेर विवाद भएको थियो ।

काठमाडौंबाट अञ्चल अस्पताल बागलुङमा नै राखेर आवश्यक उपचार गर्नु भन्ने संकेत आए पनि साँझको ७ बजेसम्म विरामीको उपचारमा कुनै चासो नदेखाई धौंलागिरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विके पोखरेल बागलुङमा उपचार गर्न नसकिने भन्दै विरामीलाई भर्ना गर्न ईन्कार गरिरहेका थिए ।

धेरै फोन आउन थालेपछि बागलुङ नगरपालिकाका मेयर जनक पौडेल फोन स्वीच अफ गरेर बसेका थिए भने वाड अध्यक्ष ध्रुव केसी प्रदेशका मन्त्री किरण गुरुङलाई फोन लगाउदै निवासमा बसेका थिए ।

साँझको ७ बजे विरामीको उपचारको लागि बागलुङका सिडिओ गोंगजन सैजु, प्रहरी प्रमुख एसपी नवराज भट्ट र उपमेयर सुरेन्द्र खड्का छलफलमै रहेका थिए ।

बागलुङमा अञ्चल अस्पताल भएर पनि केही साधन स्रोत नभएको भनेर मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र उपचार गर्नबाट पन्छिरहेका थिए ।

उक्त समयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई कोरोना संक्रमित विरामीको उपचार गर्न बागलुङ अस्पतालले ईन्कारी गरेको र बागलुङमा भयावह अवस्था सृजना भएको खवर पुगेको थियो ।

अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य मंन्त्री र गृहसचिवलाई विरामीको उपचारको यथासक्य चाँडो मिलाउन निर्देशन दिए लगत्तै बागलुङका सिडिओ र एसपीलाई गृहसचिवले फोन गरी तुरुन्त विरामीलाई बागलुङमा नै राखेर उपचार गर्न निर्देशन दिएका थिए ।

बागलुङ नगरपालिका ४ का वासिन्दाहरु विरामीलाई अस्पतालले उपचारमा ढिलाई गरेका कारणले संक्रमण फैलिने डरले त्रसित थिए।

बागलुङवाट निर्वाचित सांसदहरुले ८, ९ घण्टा सम्म पनि केही गर्न नसकेकोमा त्यहाँका जनता आक्रोशित देखिन्थे ।

माननीय सूर्य पाठकले हेलिकप्टर वा एम्बुलेन्स पठाएर काठमाडौं लैजाने व्यवस्था गर्ने बताए । भने, कसैले माननीय ज्यू लकडाउनमा परेको पनि बताए भने कोहीले काठमाडौंको कोठामा बसेर फोन घुमाउदै हुनुहुन्छ भनेर अड्कलबाजीसमेत काटिरहेका थिए ।

बागलुङका सिडिओ र एसपीलाई बारम्बार फोन आईरहेको थियो भने बीचमा राष्ट्रिय सभाका अध्यक्षले पनि चाँसो र चिन्ता व्यक्त गरिराखेका थिए ।

बागलुङका मेडिकल सुपरिटेन्डेन्टको चरम लापरवाही र वेवास्ताको कारणले विरामीको उपचारको टुङ्गा् लागेको थिएन ।

यसबीचमा थुप्रै आपतकालिन बैठकहरु बसे अन्तमा सिडिओ र एसपीले उपचार गर्ने भए गर्नुस नत्र ठिक हुदैन भन्ने कुरा गरेका थिए ।

सिडिओ र एसपीले कोरोना प्रभावित विरामीक‍ो उपचार गर्न नसक्ने भए कारणसहित लिखित रुपमा दिनुस् हैन भने तपाईलाई थुनेर कारवाही गर्नु पर्ने हुन्छ भनेपछि अन्तिममा विरामीको उपचार गर्न सहमत भएका थिए ।

रातको १० बजे एम्वुलेन्स विरामीको घरमा गई हस्पिटलमा भर्ना गर्दा रातको १०ः३० बजेको थियो । बागलुङका प्रहरी प्रमुखले सरकारी अस्पतालमा विरामी भर्ना गर्दा समेत ठुलो महाभारतको युद्ध जिते जस्तो भयो भनी आफ्नो फेसबुक स्टेटसमा लेखि विहान ७ बजे हटाएका थिए ।

किशोरीकी पिता रिषी सापकोटाले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग कृतज्ञ व्यक्त गरेका छन् ।

सापकोटाले हामीलाई ठूलो गुण लगाउनु भयो नत्र छोरीलाई घरमा नै राखेर उपचार गर्नुपर्ने थियो भनेर संचारकर्मीसँगको कुराकानीमा बताए ।

हाल धौंलागिरी अञ्चल अस्पतालमा उपचार्थ किशोरीको अवस्था सामान्य रहेको र परिवारका सदस्यमा कुनै लक्षण नदेखिएता पनि परिवारका सदस्यको संभवत आज भोलीसम्ममा परिक्षण हुने बुझिएको छ ।

बागलुङमा माननीय सूर्य पाठकले मिलाएका हुन् भनेर पाठकका शुभचिन्तकहरुले चर्चा गर्दै छन् ।

माननीयज्यूले पहल गरेको थाहा पाउनेहरुले काम गर्ने कालु मकै खाँने वाँदर भन्न थालेका छन् भने कतिपय यस्तो संकटको घडिमा पनि कस्तो जस लिन परेको होला भनेर आश्चर्य परेको नारायण सापकोटा बताँउछन् ।

यो बेला मैले गरेको हो भनेर जस लिनेवेला हैन । विरामीको उपचार र अरुलाई कसरी सुरक्षित राख्ने भन्नेवेला हो । पाठक उनै विवादास्पद छवि भएका साँसद हुन जो ७० करोडको टेपकान्डमा पूर्व संचारमंत्री गोकुल बाँस्कोटा सँगै मुछिएका थिए ।

आफुलाई स्वीस कम्पनीको एजेन्ट बताउने विजयप्रकाश मिश्रले पाठकलाई समेत कारवाही गर्नुपर्ने पत्रकार सम्मेलन गरेर बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.