कोरोनाले पर्यटन क्षेत्र थिलथिलो

| 2020 Oct 24 | 07:40 am 83

मोरङ, कात्तिक ८ः कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ। कोरोनाका कारण बाह्य र आन्तिरक पर्यटकको चहलपल नभएपछि पूर्व क्षेत्रमा खुलेका ठूलो लगानीका होटल, पार्क मात्रै होइन विभिन्न ठाउँमा खुलेका होमस्टे पनि समस्यामा पर्न थालेका छन्।

यससँगै पर्यटन क्षेत्रको सम्भावना बोकेको प्रदेश १ का विभिन्न स्थानमा ठूलो लगानीमा पार्क, रिर्सोट, खुल्ने क्रममा रहेको छन्। तर, गत चैत ११ गतेबाट सुरू भएको लकडाउनका लागि आकर्षक मानिएको प्रदेशका पार्क तथा रिसोर्टहरू बन्द भएसँगै आर्थिक भारबाट थलिएका छन्।

सुनसरीको इटहरी उपमहागरपालिकामा ओसियन पार्क एण्ड रिसोर्ट, मोरङको बेलबारीस्थित ड्रिम गार्डेनलगायत फन पार्कको अवस्था दिनानुदिन खस्किँदै गएको छ। त्यसैगरी, इटहरीको तालतलैयामा सञ्चालनको तरखरमा रहेको ठूलो लगानीको एम्युजमेन्ट एण्ड वाटर पार्क अन्योल अवस्थामा रहेको छ। पर्यटन क्षेत्रमा सम्भावना बोकेको भए पनि अहिलेको विषम परिस्थितिमा सरकारबाट राहत प्याकेज आउन नसक्दा लगानीकर्ता निराश देखिएका छन्।

इटहरीको तालतलैयामा करिब ४० करोड रूपैयाँको लगानीमा सञ्चालनमा आउने तयारीमा रहेको एम्युजमेन्ट एण्ड वाटर पार्क बन्दाबन्दीको असरले रोकिएको छ। छिमेकी राष्ट्र भारत, पर्यटन वर्षलाई केन्द्रित गरेर करिब ६ विघा क्षेत्रफलमा सञ्चालनमा आउन लागेको पार्कका सञ्चालक विनोद पौडेलले लगानी ठूलो भएसँगै आर्थिक भारको समस्या उत्पन्न हुने बताउँछन्।  नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.