कोभिड–१९ का कारण सिनेमाघरमा चहलपहल देखिएन

| 2021 Oct 19 | 09:33 am 305

काठमाडौँ कत्तिक ०२: सधै दशैका बेला रमाइलो गर्न खचाखच भरिने चलचित्र हलहरु कोरोनाका कारण यस पटक सिनेमाघरमा त्यति चहलचहल देखिएन ।

फूलपातीका दिन शोभित बस्नेतको निर्देशनमा निर्मित नेपाली चलचित्र ‘डाँडाको वरपीपल’ प्रदर्शन भए पनि दर्शकको उपस्थिति खासै देखिएन । चलचित्र नवराज गिरीले निर्माण गर्नुभएको हो । उक्त्त चलचित्रमा नामचलेका कलाकार रहेतापनि शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापालगायतका कलाकारको अभिनय रहेको छ ।

कोभिड–१९ का कारण २०७६ फागुन ३० देखि प्रदर्शन मिति तय भएका धेरै चलचित्रहरु अहिलेसम्म प्रदर्शन आएका छैनन। चलचित्र हेर्न दर्शक सिनेमा घरसम्म पुग्न इच्छुक भएनन् ।

वर्षमा एक सयभन्दा बढी चलचित्र प्रदर्शन हुने यस क्षेत्रमा लामो समयदेखि शून्यता छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.