कोइला बालेर सुत्दा कोठाभित्रै दम्पती मृत फेला

रिपोर्ट नेपाल | 2022 Jan 28 | 07:36 am 269

काठमाडौं, माघ १४ः काठमाडौंको शंकरापुर नगरपालिकामा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । शंकरापुर ३ बोजिनी बस्ने ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार बिहान मृत भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार उनीहरू बुधबार राति खाना खाएर सुतेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरू बिहीबार बिहान भने बन्द कोठाभित्रै मृत भेटिएका थिए ।

थिङ दम्पती बिहान अबेरसम्म नउठेपछि उनीहरूका जेठा छोरा सूर्यबहादुर थिङले ढोका फुटाएर हेर्दा उनीहरूलाई मृत अवस्थामा भेटेका थिए ।

प्रहरीका अनुसार कोठाभित्र कोइला बालिएको पाइएको छ । मृतकको शरीरमा अन्य कुनै बाहिरी चोटसमेत नरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक दम्पतीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरी वृत बौद्धले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.