कैदीबन्दीलाई खसीसँगै फलफूल र चिउरा

रिपोर्ट नेपाल | 2020 Oct 24 | 08:27 am 98

कञ्चनपुर, कात्तिक ८ः कारागारमा रहेका कैदीबन्दीलाई बडादशैँ मनाउनका लागि खसी उपलव्ध गराइएको छ । कञ्चनपुरकाे लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ ।

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि तिनलाई खसी उपलब्ध गराइएको बताए ।

यसैगरी नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन् । उक्त कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.