कृष्ण भक्त राई र सुनिता थेगिमको’ आङ्दिम गडी गाउँ’ सार्वजनिक (भिडियाेसहित)

रिपोर्ट नेपाल | 2019 May 19 | 03:22 pm 243

काठमाडौं, जेठ ५ : पूर्वी नेपालको तेह्रथुम जिल्लाको आङ्दिम गडी गाउँको वस्तुस्थिति समेटेर तयार पारिएको मीठो लोक भाका ‘आङ्दिम गडी गाउँ’ सार्वजनिक भएको छ । लोकप्रिय गायक कृष्ण भक्त राई र सुनिता थेगिमको स्वर रहेको उक्त गीत डी.बी. सावाँले लेखेका हुन् ।

पछिल्लो समयमा निकै सशक्त रूपमा लोक लयमा आधारित गीतहरूको सङ्गीत गर्दै आएका सङ्गीतकार राज रोबर्ट अजनबीले यो गीतको सङ्गीत गरेका छन् । गायक कृष्ण भक्त राईले नै सङ्गीत संयोजन गरेका यो गीत स्टुडियो किङमा रेकर्ड गरिएको हो ।

भिडियाे

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.