कुवेत जान नेपालीलाई प्रतिवन्ध

रिपोर्ट नेपाल | 2020 Jul 31 | 07:30 am 68

कुवेतसिटी, साउन १६ः कुवेत सरकारले भोलिदेखि अन्तराष्ट्रिय उडान शुरू गर्ने घोषणा गरेपनि नेपाल लगायतका देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतले भारत, पाकिस्तान, श्रीलका, बगलादेश, इरान तथा फिलिपिन्सका बिमान तथा त्यहाँका नागरिकलाई भने प्रवेश नदिने घोषणा गरेको छ
उसले अन्य देशका बिमान कम्पनी तथा नागरिकलाई भने प्रवेश दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

कुवेत सरकारले नेपाली नागरिकलाई प्रवेशमा प्रतिवन्ध लगाएकोमा नेपाल सरकारले अहिले सम्म औपचारिक प्रतिकृया सार्वजनिक गरेको छैन तर भारतले भने कुवेतको उक्त निर्णयलाई लिएर असन्तुष्टि जनाएको छ ।

भारतीय बिदेश मन्त्रालयले कुवेतको बिदेश मन्त्रालयसँग समन्वय गर्ने घोषणा गर्दै उक्त निर्णय फिर्ता लिन कुवेत सरकारलाई आग्रह गरेको छ ।

कुवेतमा काम गर्ने नेपाली तथा अन्य देशका नागरिक अहिले बिचल्लीमा परेका छन । छुट्टिमा आएका नेपाली तथा अन्य देशका नागरिकलाई समेत फर्कन नदिने उसको घोषणाले ती देशका नागरिक बिचल्लीमा परेका छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.