कुवेतमा बम पड्काएर ढुङ्गा फुटाउने क्रममा दुर्घटना चार जनाको मृत्यु

| 2020 Feb 13 | 08:39 am 85

एजेन्सीः कुवेतको मुतलामा बम पड्काएर ढुङ्गा फुटाउने क्रममा भएको दुर्घटना भएको छ । उक्त दुर्घटनामा धेरै नेपालीहरु हताहत भएको आशंका गरिएको छ।

त्यहाँको राष्ट्रिय संचार माध्यम अरब टाइम्सले जनाएअनुसार अहिलेसम्म चारजनाको शव निकालिएको बताइएको छ।

Image may contain: one or more people and outdoor

खाडलमा पसेका १३ नेपाली र एक भारतीय पसेका नागरिक त्यहीँ पुरिएको बताइएको छ। नेपाली श्रमिकहरु खाडलमै भएका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको हो।

कुवेतले अहिलेसम्म सो दुुर्घटनामा पर्ने कामदारहरुको संख्या सार्वजनिक गरेको छैन।

खाडलमा पसेका मजदुरहरुको एकीन संख्या पनि बाहिर आएको छैन। निर्माणस्थलमा कार्यरत अन्य श्रमिकहरुले दुर्घटनास्थलको तस्वीर सामाजिक सञ्जालमा राखेपछि घटना सार्वजनिक भएको हो।

उनीहरुका अनुसार अहिलेसम्म सुरक्षाकर्मीले ६ जना मजदुरको शव खाडलबाट बाहिर निकालेको छ। अन्यको खोजीकार्य भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.