कुवेतमा ढिस्कोले पुरिएर छ नेपालीको मृत्यु भएको पुष्टि

रिपोर्ट नेपाल | 2020 Feb 14 | 09:21 am 73

काठमाडौं, फागुन २: कुवेतस्थित नेपाली दूतावासले बालुवाको ढिस्कोले पुरिएर छ नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।

मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् भने दुई मृतकको पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।

दुर्घटनामा परी धर्मेन्द्रकुमार साह र मनोरथ मण्डल घाइते भएका छन्। घाइतेमध्ये साहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ।

उनीहरु कुवेतस्थित युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए घटनास्थल दूतावासबाट करीब डेढ घन्टाको दूरीमा रहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.