कुटपिट गरी हत्या गरेको आरोपमा एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 12 | 06:32 pm 29

बुटवल, फागुन २८ : रुपन्देहीको देवदहमा एक युवालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

देवदह नगरपालिका– ५ का २० वर्षीय युवा अनिश पुरीलाई आइतबार राति ७ः३० बजेको समयमा कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सोमबार स्थानीय चार जना युवालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले सोही नगरपालिकाको वडा नं ९ घोडाहा कालिका टोलका आकाश थापा, अर्जुन सारुमगर, शिशिर राना र मनु भन्ने मनोज क्षेत्रीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उक्त समूहले आइतबार राति घोडाहास्थित सङ्गम पथमा लु४२प ९९८२ नं को मोटरसाइकलमा घरतर्फ जाँदै गरेका पुरीलाई ढुङ्गा, लाठीसमेत प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते युवक पुरीलाई उपचारार्थ देवदह मेडिकल कलेज पु¥याइए पनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.