कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 28 | 07:43 pm 24

धनुषा, असार १४ः आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हंसपुर नगरपालिका ५ बस्ने २५ वर्षीय सुरेश सदा रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुगानिकाशबाट र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.