कुटपिटबाट ६४ वर्षीय एक वृद्धकाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 29 | 11:16 am 52

गुल्मी, असाेज १२:  जिल्लाकाे कालीगण्डकी गाउँपालिकामा कुटपिटहुँदा एक जना वृद्धको ज्यान गएको छ। ज्यान जानेमा   कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ खडकोटका ६४ वर्षीय दुर्गादत्त ढकाल रहेका छन् ।

उनलाई स्थानीय ४५ वर्षीय टोपबहादुर सार्कीले कुटपिट गर्दा ढकालकाे ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिए ।

जिप्रका गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले दिएका जानकारी अनुसार कुटपिट गर्ने सार्कीलाई प्रक्राउ गरीएको बताए ।

मृतककाे शवलाई पोष्टमार्टमका लागि पाल्पा लैजाने तयारी भइरहेको जानकारी दिए। घलेका अनुसार उनीहरुको पहिले देखिनै आपसी विवाद रहदै आएको  प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाए । पक्राउ गरेका सार्कीलाई कर्तब्य ज्यान सम्बन्धी मुद्धा दर्ता गर्ने तयारी भएको घलेले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.