किन जादैछन प्रधानमन्त्री ओली गृह जिल्ला ?

| 2021 Feb 28 | 09:25 am 437

बिर्तामोड फागुन १६: सर्बोच्च अदालतले संसद पुनस्थापना गरिदिए पछि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग चौतर्फी उठी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने पछिल्लो समय कर्मचारी सरुवा बढुवा र पुलपुलेसा उद्घाटन गर्नमा ब्यस्त रहेका छ। यसै क्रममा उनि आज आइतबार आफ्नो गृह जिल्ला झापाको आफ्नै निर्वाचन क्षेत्रका ३६ वटा योजनाको शिलान्यास र उद्घाटनका लागि झापा जान लागेका छन ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली अहिले बिहान ११ बजे भद्रपुर विमानस्थलबाट सिधै कमल गाउँपालिकाको तोपगाछी पुग्नेछन् । त्यहाँ ११:४५ बजे कमल खोलामा पुलको उद्घाटन गर्नेछन् । दोस्रो कार्यक्रम १२:४५ बजे दमक नगरपालिका १० बाट मोरङको आमबारी जोड्ने मावा–बेतनी खोलाको पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। दिउसो १:१५ बजे दमक १० को सेतुमारीबाट गौरादह नगरपालिका जोड्ने रतुवा नदीमा निर्माण भएको पुलको उद्घाटन गर्ने पनि कार्यक्रममा समाबेस गरिएको छ ।

त्यस्तै कमल गाउँपालिका–७ झर्काहामा ‘चीन–नेपालमैत्री औद्योगिक पार्क’ को शिलान्यास गर्ने कार्यक्रम रहेको पनि सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रम ओलीले दमक नगरपालिका–१ बाट इलामको चुलाचुली जोड्ने रतुवा नदीमा निर्माण सम्पन्न भएको पुल उद्घाटन गर्ने पनि कार्यक्रम छ । त्यस्तै मदन भण्डारी मार्गको धरान–बाहुनडाँगी सडकखण्डमा पर्ने ३१ वटा खोलामा पर्ने पुलहरूको एकै स्थानबाट सामूहिक शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.