किन गरे १९ विद्यार्थीले आत्महत्या !

रिपोर्ट नेपाल | 2019 May 02 | 02:13 pm 50

काठमाडौं, वैशाख १९: परीक्षामा फेल भएपछि भारतमा १९ विद्यार्थीले आत्महत्या गरेका छन्। भारतको तेलंगना राज्यमा गएको दुई हप्तामा १९ विद्यार्थीले आत्महत्या गरेका हुन्। आत्महत्या गर्नेहरुमा सबै कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरु रहेका छन्।

त्यस राज्यमा यतिबेला त्यो परीक्षालाई विरोधाभास मानिएको छ। विद्यार्थीहरुले राम्रो परीक्षा दिएपनि शून्य अंक आएको, परीक्षा दिएको विषयमा अनुपस्थित देखाएको, राम्रा विद्यार्थी समेत फेल भएको आरोपहरु लागेका छन्।

त्यहाँ कक्षा १२ को परीक्षाको नतिजाको आधारमा विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउँने व्यवस्था रहेको छ। फेल भएसँगै विश्वविद्यालयमा भर्ना हुन नपाउने भएपछि उनीहरुले आत्महत्या गरेको जनाइएको छ।

साथै कक्षा १२ मा फेल भएका विद्यार्थीका परिवार र विद्यार्थीले विरोध जनाएका छन्। उनीहरुले परीक्षाको उत्तरपुस्तिका जिम्मेवार विहिन भएर काटेको आरोप लगाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.