किन गरियो धोवीखोला सफाई ?

| 2019 May 20 | 12:40 pm 82

काठमाडौं, जेठ ६ गत साल धोवीखोला बढेर खोला बाहिर आएपछि अनामनगर वारिपारीका सडकमा पानी आएको कुरालाई मध्यनजर राख्दै धोवीखोला सफाई अभियान थालिएको छ । वर्षामा बाढीको खतरालाई टार्नका लागि वडा नम्बर २९ र ज्येष्ठ नागरिक सेवा केन्द्रको सकृयतामा सफाई गर्न थालिएको हो ।

धोवीखोलामा जमेको फोहोरका कारण खोलाको सतह माथि आएपछि गत साल वर्षामा खोला बाहिरीएको थियो । संघिय संसदका सांसद् एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पचास लाख सफाईका लागि संसद कोषबाट दिएको बुझिएको छ ।

ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष धुर्व केसीका अनुसार वर्षायामको बाढीले यस क्षेत्रका बासिन्दालाई त्रासित नबनायोस भनेर सफाई गरिएको हो । जेसिवी मेसिनबाट खोला सफाई गर्ने काम तिब्र गतिमा भइरहेको छ । धोवीखोला व्यवस्थापनका लागि प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले सात करोड माग गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.