किन कुटिए कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेल ?

रिपोर्ट नेपाल | 2020 Aug 01 | 06:39 pm 155

मोरङ, साउन १७ः शनिबार बिहान श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ ।

करिब ११ बजेको समयमा कार्यकक्षमै उपसचिव सञ्जेलमाथि कुटपिट भएको हो । उक्त कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुले सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायतले प्रहार भएको प्रहरीले बताएको छ ।कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ ।

कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.