गुल्मी, बैशाख ९ः आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनका लागि कालीगण्डकी गाउँपालिकाको अध्यक्षका लागि युवा नेता बेद बहादुर थापालाई उम्मेदवार बनाउने नेपाली कांग्रेसले सर्वसम्मत रुपमा निर्णय गरेको समाचार प्राप्त भएको छ ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार नेपाली कांग्रेस कालीगण्डकीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उम्मेदवार थापा निवर्तमान गाउँपालिकाका अध्यक्ष समेत हुन् ।
सानो उमेरदेखि एमालेको अखडा मानिने खड्ककोटबाट नेविसंघको राजनीति गरेका थापा नेविसंघको जिल्ला सदस्य हुँदै सरस्वती क्याम्पस काठमाडौंको सचिव र कन्द्रीय विभागमा काम गरेका व्यक्ति हुन् ।
१२ औं महाधिवेशन देखि १४औं महाधिवेशनसम्म आउँदा उनी नियमित महासमिति सदस्यमा निर्वाचित भएका थिए । कुनै सार्वजनीक पद नहुँदा पनि थापाले दर्जनौं विकासका काम गर्नुका साथै पैदल हिडेर जनताको घरघरमा पुगेर समस्या बुझ्ने नेता भएको स्थानीय युवा नेता रामप्रसाद न्यौपानेले बताए । थापाले पहिलो कार्यकालमा उल्लेखनीय काम गरेकोले आफूहरुले मगरलाई नछाडेको पनि न्यौपानेको भनाई छ ।