काठमाडौं देखि नयाँदिल्ली चल्ने बसमा विष्फोटक पदार्थ कारोबार

रिपोर्ट नेपाल | 2019 Apr 20 | 02:30 pm 48

काठमाडौं, वैशाख ७: अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेका विष्फोटक पदार्थ बोकेका एक बसलाई सशस्त्र प्रहरीले बरमद गरेको छ ।

सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले भारतको नयाँ दिल्लीबाट काठमाडौं आउदै गरेको बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्टलगायतका समान बरामद गरेको प्रहरीले जानकारी दिए ।

शुक्रबार करिब १२ः४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बसमाथि शंका लागि चेकजाँच गर्दा उक्त परिणामको सामाग्री बरामद गरेको सशस्त्र प्रहरीले बताए ।

उक्त बसबाट विभिन्न सामाग्री बरामद भए पनि बसमा विष्फोटक पदार्थसमेत रहेको भन्ने थाहा शनिबार मात्रै पत्ता लागेको थियो ।

बरममद गरिएको सामाग्री विष्फोटक पदार्थ भएको थाहा नपाउँदा सशस्त्र प्रहरीले बसलाई राती नै गनतव्यमा पुग्न छाडिदिएको र बिहान विभिन्न जिल्लाका प्रहरी युनिटलाई सूचना प्रवाह गरी बसलाई नियन्त्रणमा लिइएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.