काठमाडौं उपत्यकामा पनि फैलियाे डेंगु, १७ जनामा संक्रमण फेला

| 2019 Aug 23 | 08:56 am 52

काठमाडौं , भदौ ६: गएकाे साउन अन्तिम साता काठमाडौं उपत्यकामा देखिएको डेंगु संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएकाे छ । गत बुधबारसम्म काठमाडौंमा १७ जनामा डेंगु संक्रमण फेला परेकाे तथ्यांक महाशाखाले प्राप्त गरेको हाे ।

काठमाडाैंमा अन्यत्रबाट रेफर भएर आएका बिरामीसहित यो संख्या ४९ पुगेको महाशाखाका प्रवक्ता घनश्याम पोख्रेलले जनाए ।

चिकित्सकका अनुसार एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु संक्रमण हुन्छ । यो लामखुट्टे कालो र सेतो मिसिएको छिर्केमिर्के हुन्छ । डेंगु भाइरस संक्रमित भएका लामखुट्टेले टोकेको अवस्थामा मानिसलाई पनि यो संक्रमण हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.