काठमाडौं आइपुगिन् भारतीय गायिका आशा भोस्ले

रिपोर्ट नेपाल | 2019 Dec 25 | 07:21 pm 203

काठमाडौं, पुस ९ : प्रसिद्ध भारतीय गायिका आशा भोस्ले नेपाल आएकी छन् । उनी बुधवार दिउँसो काठमाडौं आइपुगेकी हुन् । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा उनी नेपाल आएकी हुन् ।

उनलाई विमानस्थलमा लिन साधनाका सञ्चालक मिलन मोक्तान पुगेका थिए । भोस्लेले शनिवार संगीतकार रणजीत गजमेरको संगीतमा केही गीत प्रस्तुत गर्ने मोक्तानले बताए ।

८० वर्षीया गायिका भोस्लेले नेपाल बसाइको क्रममा लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।

भोस्लेले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायत थुप्रै नेपाली गीत स्वर दिएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.