काठमाडौंको म्हेपीबाट सुनका गरगहना र नगद चोरी

| 2022 Apr 27 | 02:57 pm 237

काठमाडौं, बैशाख १४ः काठमाडौं १७ स्थित म्हेपीबाट गरगहना र नगद गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको छ ।

म्हेपीस्थित एक घरमा मंगलबार साँझ चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

सिन्भुपाल्चोक बाह्रबिसे नगरपालिका २ घर भएकी महिलाको डेरामा चोरी भएको हो । १२ लाख ५० हजार रुपैयाँ र सुनका गरगहना गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.