काठमडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बस चितवनमा दुर्घटना, ३८ जना घाइते

रिपोर्ट नेपाल | 2019 Oct 09 | 09:56 am 54

चितवन, २२ असोज : काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गएको यात्रु बाहक चितवनमा दुर्घटना भएको छ । दुर्घटनामा परी ३८ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

मंगरबार करिब रातको १२ बजे ना ५ ख ५३४४ नम्बरको यात्रुबाहक बस भरतपुर महानगरपालिका १२ स्थित आस्थाचोकमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले अनुसार बस अनियन्त्रित भइ सडक छेउमा रहेको पीपलको रुखमा ठोक्किएको छ ।

घाइते मध्ये ३० जनाको पुरानो मेडिकल कलेज र ८ जनाका चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.