काङ्ग्रेसमा प्रवेश गर्नेको लहरः लहान १८ का २ सय एमाले काङ्ग्रेसमा प्रवेश

रिपोर्ट नेपाल | 2022 Apr 24 | 04:13 pm 1013

  • महेश सिंह

सिरहा, बैशाख ११ः लहान १८ मा २ सय जना एमाले परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्। स्थानीय चुनावको मुखमा आएर काङ्ग्रेसमा पार्टी प्रवेश गर्ने लहर छाएको छ। पछिल्लो चुनावमा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका मोहम्मद समशेरलाई पनि अतुलनीय क्षेति भएको छ।

No description available.

मोहम्मद युनुसको नेतृत्वमा २ सय जना काङ्ग्रेसमा प्रवेश गरेका हुन्। नेपाली काङ्ग्रेसका प्रभावसाली नेता तथा पूर्व मन्त्री पदम नारायण चौधरी र वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीको हातबाट २ सय जना एमाले परित्याग गरी काङ्ग्रेसको माला अर्पण गरी काङ्ग्रेस पार्टीलाई साथ सहयोग गर्ने नवप्रवेसीले प्रतिबद्धता ब्यक्त गरेका छन्।

No description available.

एमालेका कुशल नेतृत्व कर्ता मोहम्मद युनुस, मोहम्मद खलिल, मोहम्मद कलिल, मोहम्मद अफजल लगायत २ सय जना एमाले परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.