- महेश सिंह
सिरहा, बैशाख १३ः लहान नगरपालिका ३ को वडा अध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट राम दयाल महतोले उम्मेदवारी दर्ता गरेका छन् । बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा भाग लिन उनले प्रस्ताबक सहित उम्मेदवारी दर्ता गराएका हुन्।
उनी अघिल्लो निर्वाचनमा लहान ३ बाट निर्वाचित समेत भएका थिए। लहान ३ मा नेपाली काङ्ग्रेसको संगठन बलियो रहेको र आउने चुनावमा मेरो पोजेटिभ रहने उनले दाबी गरेका छन्। नेता राम दयाल महतो भोट मागनमा ब्यस्त देखिएका छन्।