कागजपत्र नभएको फलफुलसहित एपीएफ टोलीद्वारा एक जना पक्राउ

| 2021 Apr 06 | 07:47 pm 145

सप्तरी, चैत २४ः जिल्लाको सुरुङ्ग नगरपालिका ४ कदमाह स्थित पूर्वपश्चिम लोकमार्गबाट एपीएफ टोलीले करीव ४ लाख ५ हजार रुपैयाँ बरारबको फलफुलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा जिल्लाको सिरहा नगरपालिका ३ बस्ने २७ वर्षीय दिलिप महतो रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ च १०४६ नम्बरको पिकअप भ्यानमा राखी लैजाँदै गरेको उक्त फलफुलको कागजपत्र नभएको फेला परेपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कडरवानाबाट खटिएको एपीएफ टोलीले उक्त फलफुलसहित महतोलाई पक्राउ गरेको हो ।

एपीएफ टोलीले उक्त पिकअप भ्यान समेत बरामद गरेको छ । पक्राउ परेका महतोलाई बरामद फलफुल तथा भ्यानसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.