कांग्रेस डडेलधुराका निवर्तमान सभापति कर्ण मल्ल पार्टीबाट निष्कासित

| 2022 Apr 26 | 07:24 pm 521

काठमाडौं, बैशाख १३ः नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित भएका छन्।

सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइएको मंगलबार कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

डडेलधुरा सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत हो। हालै सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाएपछि डडेलधुरामा देउवा पक्षले एकलौटी जिल्ला अधिवेशन गरेको थियो।

त्यसयता असन्तुष्ट रहेका मल्लले आफूनिकट नेता–कार्यकर्तालाई स्थानीय तह निर्वाचनमा डडेलधुराका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए।

मल्लले कांग्रेसको विधानविपरीत गतिविधि गरेको भन्दै सभापति देउवाले कारबाही गरेका हुन्। मल्ल यसअघि सभापति देउवाको स्वकीय सचिवको रुपमा काम गर्दै कांग्रेसको जिल्ला सभापति बनेका नेता हुन्।

May be an illustration of text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.