एक रात सपनामा
मूर्ख घोडामा चढी बेतोड कुँदाउँदा
छाँगाबाट खसेर चकनाचुर भएँ
सायद नब्यूझिएको भए म
टुक्रा टाक्री पनि भेटिन्थें
एक साँझ चिन्तनमा
एकांकी दर्शन छाट्ने हुँदा
जीवन मरण बारे चिन्ता गर्दा
धड्कन एक्कासीअनियमित भयो
टाउको एक्कासि चिसो भयो
अस्पताल पुर्यइएछु
मुर्छा खुलाउन डाक्टरले निदाउन हालेछ।
किन बाँच्थे ?
तर पनि फेरी अतासिएँ ब्युँझिएँ
आश्चर्य !
पन्छिन लागेका आफ्नै धरा कात्राहरू,
तर्सिन लागेका आफ्नै मलामीहरू
त्यो दिन देखि
कालले खान नसकेका
मेरा बाँच्ने प्रयत्नहरू।
मैले काललाई खान नसकी
बचाए झैँ यी जाली प्रयत्नहरू
र मलाई मार्ने प्रयत्नहरूबाट
टाढा टाढा भए झैँ छु आज सम्म
तर चलमलाई रहेछ खाली माटो माथि
निर्भय हैन भय पूर्ण भएर
जीवनलाई होइन काललाई
आफ्नै कोखिलामनि चापेर ।
(कवि भेष बहादुर कुँवर “प्रयासी”काे वि सं २०४४ मा प्रकासित भएकाे कविता)