कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त २९ बर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 13 | 09:35 pm 36

तनहुँ, असोज २७ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ घिरिङ गाउँपालिका ५ का ३८ वर्षीय जोग बहादुर श्रेष्ठ रहेका छन् ।

उनले २०४७ सालमा साबिक घिरिङ गाविस ५ स्थितमा श्रेष्ठहरुको मंसिर पूर्णिमाको रातको मेलामा स्थानीय दुई
समुहबीच झगडा परी बाबुलाल थापा मगरको बुबालाई कुटपिट एवम कर्तव्य गरी मारी घटना पश्चात फरार रहेका थिए ।

उनी उपर सम्मानति तनहुँ जिल्ला अदालतको मिति २०४८ फागुन १९ गतेको फैसलाले कैद सजाय हुने गरी फैसला तोकेकोमा तोकिएको कैद मध्ये ९ बर्ष ६ महिना १६ दिन कैद भुक्तान नगरी हालसम्म फरार रहेका श्रेष्ठको खोजतलास गर्ने क्रममा मंगलबार घरबाटै पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष उपस्थित गराइएको प्रहरीले जनाएको छ।

हराएको सामान फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

मंगलबार तनहुँ बन्दिपुर गाउँपालिका १ गुरुङटारकी २७ वर्षीया सम्झना केसी डुम्रे बजारबाट गुरुङटार घरतर्फ जाने क्रममा नगद तथा सुनको गरगहना सहितको मनी पर्श हराएको हुँदा खोजतलास गरीपाउँ भनी ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँमा लिखित निबेदन पेश गरेका थिइन् ।

उक्त हराएको सामान खोजतलास गर्ने क्रममा आजै दिउँसो बन्दिपुर गाउँपालिका १ गुरुङटार स्थितमा हराएको एक तोलाको सुनको सिक्री १ थान, आधा तोलाको बेरुवा औठी १ थान, नेपाली नागरिकताको प्रमाण पत्र, बैकको चेकहरु र नेपाली नगद ६ हजार ३ सय ४५ रुपैया फेला पारी निज सम्झना केसीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.