कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

रिपोर्ट नेपाल | 2020 Oct 11 | 02:49 pm 55

सुर्खेत, असाेज २५ः आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ । मुख्यमन्त्री शाहीविरूद्ध सत्तारुढ दल नेकपाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

स्राेतका अनुसार नेकपाका १८ जना सांसदहरूले उक्त प्रस्तावमा हस्ताक्षर गरी नेकपाकै कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएकाे र  त्यसलगत्तै सांसदहरुको टोलीले प्रदेशसभा सचिवालयमा पुगेर प्रस्ताव दर्ता गराएकाे जनाइएकाे छ ।

जसमा प्रदेश सांसद यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर लगायत रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.