कर्णालीमा डोजर पल्टिँदा एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Oct 01 | 12:28 pm 41

कालिकोट, असाेज १४: कर्णाली राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका–५ मा मंगलबार  बिहान बिहानी खोलामा डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेख ठाँटीकाध गाउँपालिका निवासी ३६ बर्षिय भरत शाहीको रहेका छन् । बा १ प ८९२५ नंबरको डोजर दुर्घटना हुँदा उनकाे घटना स्थलमै मृत्यु भएको हो ।

बिहानीखोलामा रहेको क्रसरमा काम गर्ने शाही डोजर पल्टिँदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिए ।कर्णाली राजमार्गको अवस्था अझै पनी जिर्ण छ । बर्खायामको पानी संगै सडकको अवस्था नाजुक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.