करैयामाई गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

रिपोर्ट नेपाल | 2021 Jan 12 | 04:20 pm 189

बारा, पुस २८ः नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री नं.२८ बाहिनी अड्डा र श्री नं.२८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधी उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं.२ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं चन्दननाथ गणको संयोजकत्वमा बाराकाे करैयामाई गाउँपालिका- ७, जनता मा.वि. को प्राङ्गणमा १ दिने नि:शुल्क जनरल OPD तथा डेन्टल स्वास्थ्य शिविर संचालन भएको छ ।

No description available.

कोभिड-१९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित र दुर्गम स्थानमा रहेका बिरामीहरुलाई नि:शुल्क औषधी वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको उक्त स्वास्थ्य शिविरबाट महिला -१९५, पुरुष -१३१ र बालबालिका ७६ जना गरी जम्मा ४१० जना सर्वसाधारणहरु लाभान्वित भएका छन् ।

No description available.

सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.