करेन्ट लागेर एक युवकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Oct 14 | 11:20 am 32

कञ्चनपुर, असोज २७ः करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेदकोट नगरपालिका–३ चौरीका २१ वर्षीय दिनेश साउद रहेका छन् । उनको मङ्गलबार करेन्ट लागेर मृत्यु भएको हो।

पसलमा काम गर्दै गरेका बेला साउदलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर भएका साउदलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

अस्पतालमा शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.